अस्ट्रेलियाविरुद्ध २१२ रनमा अलआउट भयो दक्षिण अफ्रिका, मिलरले बनाए शतक – Nepal Press

अस्ट्रेलियाविरुद्ध २१२ रनमा अलआउट भयो दक्षिण अफ्रिका, मिलरले बनाए शतक

नयाँ दिल्ली । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको लक्ष्य दिएको छ ।

पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा सबै विकेट गुमाएर २१२ रन जोड्यो । दक्षिण अफ्रिकाका डेभिड मिलर एक्लैले १०१ रन जोडे ।

हेनरिच क्लासेनले पनि ४७ रन जोडे । यी दुईले पाँचौं विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । २४ रनमा ४ विकेट गुमाएको दक्षिण अफ्रिका उक्त साझेदारीपछि खेलमा फर्कने अनुमान गरिए पनि पाँचौं विकेटका रुपमा क्लासेन आउट भएलगत्तै लगातार दबाबमा आएको थियो । मिलरले सम्हालिएर खेल्दै शतक पूरा गरे ।

अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कुमिन्सले ३-३ तथा जोस हेजलउड र ट्राभिस हेडले २-२ विकेट लिए ।

दक्षिण अफ्रिका हालसम्म एक दिवसीय विश्वकपको फाइनल पुग्न सकेको छैन । अस्ट्रेलिया भने प्रतियोगिताको सर्वाधिक विजेता हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर