दसैँपछि काठमाडौं उपत्यकामा दुर्घटनामा परेर ७ जनाको मृत्यु, ३३० घाइते – Nepal Press

दसैँपछि काठमाडौं उपत्यकामा दुर्घटनामा परेर ७ जनाको मृत्यु, ३३० घाइते

काठमाडौं । दसैँ सकिएपछि तिहारसम्म मात्रै काठमाडौं उपत्यकामा विभिन्न दुर्घटनामा परेर सात जनाको मृत्यु भएको छ ।

कात्तिक ११ गतेदेखि कात्तिक ३० गते राति नौ बजेसम्म काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा भएका विभिन्न २६६ वटा दुर्घटनामा परेर पाँच जनाको मृत्युसँगै ३३० जना घाइते भएका काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा ३९ वटा आफैँ भएको दुर्घटना परेर एक जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । दुर्घटनासँग सम्बन्धित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंमा नै अन्यसँग ठोक्किएर भएको ९४ वटा दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने ११८ जना घाइते भएका छन् । दुर्घटनासँग सम्बन्धित ५५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुरमा भएको १९ आफैँ दुर्घटनामा परेर सबैभन्दा बढी चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दुर्घटनासँग सम्बन्धित चार जना पक्राउ परेका छन् । ललितपुरमा नै अन्यसँग ठोक्किएर भएको ३० वटा दुर्घटनामा परेर ३४ जना घाइते भएका छन् भने दुर्घटनासँग सम्बन्धित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै भक्तपुरमा आफैँ भएका १६ वटा दुर्घटनामा परेर २३ जना घाइते भएका छन् भने घटनासँग सम्बन्धित तीन जना पक्राउ परेका छन् । भक्तपुरमा नै अन्यसँग ठोक्किएर भएको ६८ वटा दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १०२ जना घाइते भएका छन् । दुर्घटनासँग सम्बन्धित २४ जना प्रहरीको नियन्त्रणमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर