‘दिमाग खराब’ राजनीति नै हो ! – Nepal Press
समीक्षा

‘दिमाग खराब’ राजनीति नै हो !

‘दिमाग खराब’,

यो वाक्य धेरैको मुखबाट सुनिन्छ । यही चल्तीको वाक्यलाई जोडेर चलचित्र बनाएका हुन् निश्चल बस्नेतले ‘दिमाग खराब’ । तर, आश्चर्य के भै दियो भने फिल्म हलहरूमा लागेको एक हप्ता नपुग्दै फिल्मले स्वयम् निर्देशक निश्चल बस्नेतकै दिमाग खराब गरिदियो ।

नगरोस् पनि कसरी, दर्शकको अपार माया पाउँदै गर्दा हलहरूले हिन्दी चलचित्र (फिल्म) लाई प्राथामिकता दिन थालेपछि ।

खैर ! यो व्यवसायिक विषय भयो ।

चलचित्रको कथावस्तुले पनि शीर्षकलाई सार्थकता दिन नीतिदेखि राजनीतिसम्म पुगेर धेरैको ‘दिमाग खराब’ गरिदिएको छ ।

चरिकोटमा हाम्रो एउटा समूह छ, हलमा नयाँ नेपाली चलचित्र लागेपछि सकेसम्म पहिलो शो नै हेर्नुपर्ने । त्यसमा पत्रकार नै हावी छन् । शम्भु गौतम, जीवन लामा, गोकर्ण भण्डारी, प्रभु जिरेल, सुवास बस्नेत, सृजन घिमिरे, सुजन काफ्ले लगायतका पत्रकार ।

यो पटक चरिकोटको कालिञ्चोक चलचित्र मन्दिरमा ‘दिमाग खराब’ हेर्न मसँगै हलसम्म तानिएका पत्रकारद्वय जीवन लामा र गोकर्ण भण्डारी भन्दै थिए- यो फिल्म विकृत राजनीतिको तथ्य कथा बोकेर हिँड्दैछ, यसले धेरै नेताको ‘दिमाग खराब’ गरिदिने छ ।

हलभित्र पर्दामा देखिएका चित्र र चरित्रको आधारमा पत्रकारद्वय लामा र भण्डारीले गरेको विश्लेषण खुला बजारमा समेत छरपष्ट भएका छन् भन्ने प्रमाण पछिल्लो समय सामाजिक सञ्जालहरुमा देखिएका र लेखिएका टिकाटिप्पणीहरुले प्रष्टाएको छ ।

यो अवस्थामा स्वतन्त्र उम्मेदवारले चाहिँ छु- मन्तर जसरी राजनीतिमा शुद्धता ल्याउँछ भन्ने ग्यारेण्टी के ? सामाजिक सञ्जालमा छरपष्ट आशंका जस्तै, कतै/कसैले निश्चल वस्नेत एण्ड टीमको दिमाग खराब त गरिदिएको हैन ? स्वतन्त्रको नाममा । नत्र कथावस्तुलाई अस्तित्वकै दलहरुको शुद्धतासम्म लगेर पनि त तुर्न सकिन्थ्यो होला नि !

कथावस्तु, वर्तमान राजनीतिमा नेताहरुले देखाएको विकृत चरित्रको पर्दाफासमा रामबाण बनेको छ । मैले कतै सुनेको थिएँ- पञ्चायती कालका नेता/कर्मचारी खाल्डो खनेर पैसा कुम्ल्याउँथे रे, अनि फेरि त्यही खाल्टो पुरेर पनि पैसा कुम्ल्याउँथे रे । लोकतन्त्र हुदै मुलुक गणतन्त्रमा त पुग्यो तर नीतिमा परिर्वतन भएन । नीति उहि पञ्चायती- खाल्टो खनेर पनि पैसा कुम्ल्याउनै पर्ने, खाल्टो पुरेर पनि पैसा कुम्ल्याउनै पर्ने ।

निश्चल वस्नेतको ‘दिमाग खराब’ को कथावस्तुले त्यही खाल्डो खन्ने र पुर्ने राजनीतिक मेसोलाई जनप्रतिनिधिको चरित्रसँग जोडिदिएका छन् । प्रसंगमा थोरै फरक के छ भने युवाहरूको विदेश पलायन रोक्ने पार्टीको नीति नेताको राजनीतिक फेरोमा बेरिएर सरकारी कोटासम्म पुग्छ र त्यसलाई सत्ताधारीले भोटको मार्ग बनाउँछन् ।

निश्चल बस्नेतको ‘दिमाग खराब’ कथावस्तुमा अहिले भै रहेको सामाजिक सञ्जाल टिप्पणीसँगै मेरो पनि केही प्रश्न भने अवश्य छ ।

शाह र राणाको मझेरीबाट लठारिँदै अघि बढेको नेपालको राजनीति प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको कोटरीमा बजारिँदासम्म विकृतिको अन्त्य हुनसकेको छैन । बरु यो विकृति पछिल्लो आधुनिक भाइरस कोरोना जसरी नै रूप परिर्वतन गर्दै झन्‌-झन् शक्तिशाली बनिरहेको छ ।

यो अवस्थामा स्वतन्त्र उम्मेदवारले चाहिँ छु- मन्तर जसरी राजनीतिमा शुद्धता ल्याउँछ भन्ने ग्यारेण्टी के ? सामाजिक सञ्जालमा छरपष्ट आशंका जस्तै, कतै/कसैले निश्चल वस्नेत एण्ड टीमको दिमाग खराब त गरिदिएको हैन ? स्वतन्त्रको नाममा । नत्र कथावस्तुलाई अस्तित्वकै दलहरुको शुद्धतासम्म लगेर पनि त तुर्न सकिन्थ्यो होला नि !

राजनीति विकृत छ । नेपालको मात्र हैन विश्वका धेरै देशहरुको राजनीति विकिृत बन्दै गएको छ । तर, यसको मतलब अब देश स्वतन्त्र जनप्रतिनिधिले चलाउने या चलाउनु पर्छ भन्ने हो ? यस्तो मानसिकता हो भने त्यसलाई म संकीर्णतावादको सुशुप्त विजारोपण मान्दछु । राजनीति राज्य सञ्चालनको मुल नीति हो, यो मियो बिना अघि बढ्न सक्दैन । र, राजनीतिको मियो भनेको राजनीतिक दलहरू नै हुन् ।

निश्चल बस्नेतले आफूलाई अन्याय गरेका छन् । ‘लुट’ मा अभिनय तथा निर्देशन दुवै पाटोमा जमेका निश्चल ‘दिमाग खराब’ मा निर्देशनमा मात्र जमेको देखिन्छ । सायद फिल्मलाई जीवन्त र उत्कृष्ट बनाउने ध्याउन्नामा उनले आफ्नै भूमिकामा भने अन्याय गरेका छन् । कि स्वस्तिमालाई अब्बल देखाउन आफू कमजोर भएका हुन् ? यो चाहिँ मेरो प्रश्न ।

राजनीति शास्त्रको यो तथ्यलाई बुझ्ने मिडियाकर्मी, सञ्चारकर्मी, सूचनाकर्मी, फिल्ममेकर, युटुवर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यसलाई गलत ढङ्गले प्रस्तुत गर्ने जमर्को गर्नुभनेको राजनीतिक अपराध हो ।

र, मेरो आशंका ‘दिमाग खराब’ टीमप्रति– कतै यो टीमले राजनीतिक अपराधको अभ्यास त गरिरहेको छैन ? त्यस्तो हो भने सच्चिन जरुरी हुन्छ, किनभने एक माघले पक्कै जाडो जादैन । अनि आमा, अग्नी दिक्षाजस्ता उपन्यास वा त्यस्तै कुनै क्रान्तिकारी चलचित्र हेरेर मानिसहरु यूटर्न हुने जमाना अब रहेन पनि ।

खैर, चलचित्र राम्रो बनेको छ । चलचित्रको कथावस्तु नराम्रो छैन । विकृत राजनीतिको मुख्य पात्रको रूपमा गणतन्त्रका मेयर हरिप्रसाद बराल (अर्पण थापा) लाई उभ्याइएको छ । कथा वस्तुको मुख्य थिम काम गरेर खाने मान्छे र खाएरमात्र काम गर्ने मान्छेको विभेदबीच तन्किएको छ ।

अभिनयको बखान गरिरहनु पर्दैन किनभने दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल वस्नेत, स्वस्तिमा खड्का, विजय बराल, सुमन कार्की सबै उम्दा कलाकार हुन् । चलचित्रको मुख्यपात्र इन्द्रको भूमिकामा खगेन्द्र लामिछाने जति जमेका छन् भोला थोकरको भूमिकामा दयाहाङ राई पनि कम छैनन् ।

व्यवसायमा ऋण लागेर थलिएका भोला थोकर र कमाउन विदेश जानुपर्ने बाध्यताकै बीच ऋणको भारी बोकेका इन्द्रको जीवन्त अभिनयमा जमेका देखिन्छन् दयाहाङ र खगेन्द्र ।

निश्चल वस्नेतको ‘दिमाग खराब’ को कथावस्तुले त्यही खाल्डो खन्ने र पुर्ने राजनीतिक मेसोलाई जनप्रतिनिधिको चरित्रसँग जोडिदिएका छन् । प्रसंगमा थोरै फरक के छ भने युवाहरूको विदेश पलायन रोक्ने पार्टीको नीति नेताको राजनीतिक फेरोमा बेरिएर सरकारी कोटासम्म पुग्छ र त्यसलाई सत्ताधारीले भोटको मार्ग बनाउँछन् ।

विपन्नको घर महिलाले कसरी चलाउँछन् भन्ने उदाहरण बनेकी सची पात्रमा जमेको देखिन्छ स्वस्तिमा खड्का । सधैँ दयाहाङको फेरो समाउँदै गाउँले गुण्डा बनीटोपल्ने विजय बराल यो पटक प्वाक्कै डनगिरीमा उत्रिएका छन् । तर, अभिनयको तुलना गर्दा गाँउले गुण्डानै फीट लाग्छन् विजय । मेयर हरिप्रसाद अर्थात अर्पण थापा पनि अभिनयमा कम देखिँदैनन् ।

तर, निश्चल बस्नेतले आफूलाई अन्याय गरेका छन् । ‘लुट’ मा अभिनय तथा निर्देशन दुवै पाटोमा जमेका निश्चल ‘दिमाग खराब’ मा निर्देशनमा मात्र जमेको देखिन्छ । सायद फिल्मलाई जीवन्त र उत्कृष्ट बनाउने ध्याउन्नामा उनले आफ्नै भूमिकामा भने अन्याय गरेका छन् । कि स्वस्तिमालाई अब्बल देखाउन आफू कमजोर भएका हुन् ? यो चाहिँ मेरो प्रश्न ।

‘लुट’ मार्फत नेपाली चलचित्रमा प्रविधिको आधुनिक फर्मुला सुरु गरेका निश्चल बस्नेतले ‘दिमाग खराब’ मा पनि सीसीटीभीलाई उपयोग गरेर त्यसैलाई निरन्तरता दिएका छन् । सीसीटीभी फर्मुलाले चलचित्रलाई जसरी आधुनिक प्रविधिमैत्री बनाएको छ त्यसैगरी अपराध नियन्त्रणमा सीसीटीभीको आवश्यकतालाई प्राथमिकता दिएको छ । ‘दिमाग खराब’ को यो फर्मुलाप्रति तीनै तहको सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।

जसरी ‘दिमाग खराब’ लाई स्वतन्त्रको नाममा सामाजिक सञ्जालतिर उछाल्ने काम भै रहेको छ त्यो अवसर आगामी चलचित्रले दिने छैन यो पनि दर्शकको अपेक्षा नै हो ।

दिमाग खराबमा केही सन्देह, केही आशंका र केही असहजता पनि देखिन्छ । स्वतन्त्रको नाममा अघि सारिएका दुई चरित्र इन्द्र र भोलाबीचको मजाकले महिला र यौनको विषयमा चलचित्र टिमको धारणा के ? भन्ने कुरामा अलमल छ । त्यो दृश्य र संवाद पछिलो समय नेताहरु यौनको विषयमा विवादित बन्दै गएको प्रसंग हो या शुद्ध मजाकमात्र हो ? प्रश्न स्वभाविक लाग्दछ । अनि इन्द्रको घर पूर्ण रुपमा जल्दै गर्दा आसपासको घरमा थोरै पनि असर नगर्नु र त्यसरी दन्किएको घरलाई केही काठपात ठोकठाक तथा लिपपोतलेनै काम चलाएर बस्न मिल्नु अस्वाभाविक लाग्दछ ।

अपहरणको समय निश्चलको इन्ट्री र यूटुवरको भूमिका पनि चलचित्रमा खासै जम्न सकेजस्तो लागेन ।

‘लुट’ पछिको निक्कै लामो ग्यापमा निश्चलले ‘दिमाग खराब’ ल्याएका छन् । सियोले उधिनिएको सयपत्रीको सुन्दरता र सामाजिक परिवेशले उधिनिएको कथाको सुन्दरता दिपावलीमा चम्किएका बिजुलीका सप्तरङ्गी प्रकाशजस्तै कालजयी लाग्दछ । यो कुरामा निश्चलको टीम चुक्नुहुँदैन ।

अब कति समय पछि, त्यो निश्चलको आफ्नो स्वतन्त्रता हो । तर, विषयवस्तुमा खोट नलाग्ने नयाँ चलचित्र छिट्टै आउने अपेक्षा आम दर्शकको छ । जसरी ‘दिमाग खराब’ लाई स्वतन्त्रको नाममा सामाजिक सञ्जालतिर उछाल्ने काम भै रहेको छ त्यो अवसर आगामी चलचित्रले दिने छैन यो पनि दर्शकको अपेक्षा नै हो ।

निश्चलले ‘दिमाग खराब’ राजनीतिक विषयवस्तु हैन भनेका थिए रे । तर, यो राजनीति नै हो । भलै, ‘दिमाग खराब’ स्वतन्त्र पक्षधर्ता हो/होइन समयक्रममा बुझिएला तर यो राजनीति नै हो ।

कुनैपनि विषयवस्तु एउटा लेखक, निर्देशक वा कलाकारको मन मस्तिष्कभित्र रहँदासम्म मात्र व्यक्तिगत हुन्छ, त्यो जब आम बन्दछ, त्यसको विषयवस्तु, प्रस्तुति, कलाकारिता सबै सार्वजनिक सरोकारको हुन्छ । त्यसैले आलोचनाबाट कोही कसैलाई आगो बनाएको छ भने पनि यो मेरो वा टीमको सरोकारको विषय भनेर पन्सने छुट हुँदैन है !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *