टी-२० क्रिकेट शृङ्खला : हङकङविरुद्ध ब्याटिङ गर्दै नेपाल – Nepal Press

टी-२० क्रिकेट शृङ्खला : हङकङविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपाल र हङकङको खेल सुरु भएको छ ।

टस जितेर पहिले नेपालले ब्याटिङ गरिरहेको छ ।

नेपाललाई आजको खेल जित्नै पर्ने दबाबमा छ । आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ ।

नेपाल पहिलो खेलमा बुधवार तान्जानियासित २७ रनले पराजित भएको थियो ।

हङकङमा जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।

आइसीसी वरियतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ ।

यस्तै वरियतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा रहेको छ ।

नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् । नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *