पाकिस्तानका बाबर अजामले क्रिकेट कप्तानीबाट दिए राजीनामा – Nepal Press

पाकिस्तानका बाबर अजामले क्रिकेट कप्तानीबाट दिए राजीनामा

काठमाडौं । पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर अजामले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत टीमको कप्तानीबाट राजीनामाको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘यो कठीन निर्णय हो तर यसको लागि सही समय यही हो ।’

उनले कप्तानीबाट राजीनामा दिए पनि पाकिस्तानको क्रिकेटरको रुपमा सक्रिय रहने उल्लेख गरेका छन् । उनले चार वर्ष पाकिस्तान क्रिकेट टीमकाे कप्तानी सम्हालेका थिए । उनलाई सन् २०१९ मा पाकिस्तान क्रिकेट बाेर्डले क्याप्टेन नियुक्त गरेकाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर