भारतीय माला सस्तोमा बेचेपछि नेपाली माला भएनन् बिक्री, बुटवलमा सडकमै फालेर हिंडे किसान – Nepal Press

भारतीय माला सस्तोमा बेचेपछि नेपाली माला भएनन् बिक्री, बुटवलमा सडकमै फालेर हिंडे किसान

रुपन्देही । बुटवलमा तिहारका लागि बेच्न राखेका मालाहरु बिक्री नभएपछि किसानले मुख्य सडकमै फालेर हिंडेका छन् ।

उनीहरुले तिहारको लागि आफ्नो तथा छिमेकी किसानको घरबाट खरिद गरेर बेच्नको लागि तयारी गरेपति भारतीय फूलका माला नेपाली भन्दा निकै सस्तो मूल्यमा बजारमा आएकाले आफूहरुले बजार नपाएको जनाएका छन् ।

उनीहरुले भारतबाट ल्याइएका माला नेपाली मालाभन्दा निकै सस्तोमा बेचिएको तर यहाँका मालाले बजार नपाएको बताए ।

किसानहरुका अनुसार केही दिनअघि भारतीय बजारबाट लुकिछिपि ल्याइएका यस्ता माला रोक्न प्रशासनले ध्यान नदिएका कारण यस्तो समस्या भएको बताए ।

‘यो वर्ष भारतीय माला कसरी भित्रियो थाहा भएन, खरिद मूल्यभन्दा कममा बेच्दा पनि बिकेन, किसानहरुले कसरी चल्ने यस्तो अवस्थामा ? हिजो ४/५ हजार माला फालियोे, आज २०/२५ हजार माला फालेर अब यस्तो पेशा नै नगर्ने सोँच्न बाध्य बनायो’ माला फालेका किसान पशुपति घिमिरेले बताए ।

उनी अर्घाखाँचीबाट फूलको माला बेच्न बुटवलमा आएका थिए । स्थानीय योगेन्द्र गौतमले तिहारको भाइटीकाको अघिल्लो दिन बुटवलको ट्राफिकचोकमा किसानले माला नबिकेपछि फालेको बताए ।

‘तिहारमा बेच्न तयारी गरेर राखेका रहेछन्, उताबाट सस्तोमा आएकाले सस्तो बेच्नुभन्दा फालेर हिंड्न ठीक भनेर किसान तथा व्यापारीले फालेको देखियो’ गौतमले भने– नेपाली माला खरिद गरेको ८०।९० मा तर भारतीय माला ५० मा बेचेपछि कसरी बेच्न सकून्, भारतबाट ल्याइएकाहरु धेरैजसो बिक्री भए यहाँका फाल्नुपरो’ उनले भने ।
बुटवलमा पशुपति घिमिरे अर्घाखाची, रमेश बानिया रुपन्देही,प्रकाश खत्री पर्वत, भद्रबहादुर रायमाझी पाल्पाका किसानले सडकमा नेपाली माला फालेको बताएका छन् । तर बुटवलमै आफ्नो उत्पादन गरेर बेचेका फोकस मल्टीका संचालक राजेश कुँवरले आफूले उत्पादन गरेका मालाहरु भने बिक्री गर्न सफल भएको बताए ।


प्रतिक्रिया

3 thoughts on “भारतीय माला सस्तोमा बेचेपछि नेपाली माला भएनन् बिक्री, बुटवलमा सडकमै फालेर हिंडे किसान

  1. भारतीय टट्टुहरू नेपालको सरकारमा छन् । उनीहरूलाई नेपाली किसान र व्यापारीको मतलव छैन । भारतीयको चिन्ता मात्र छ । यस्तो त सबै क्षेत्रमा भईरहेको छ ।

  2. वाईयात् ! बिदेशबाट संकलन गरी गाडि भाडा समेत राखेर ब्यापारीको नाफा समेत राखि बिदेशिले देश व्यापार गर्न सक्ने तिमी नेपाली घरको दालचामल खाएर पनि सस्तो दिन नसक्ने, प्रतिस्पर्धा गर्न नसक्ने तिम्रो खुवी जाँचियो, माला, अण्डा, गोलभेडा, तरकारी, बन्दा बाताेमै फल्ने, यहि हो नेपाली ईमान पुरूषार्थ ? ग्वाम्म पार्नुनै पर्ने ?

  3. नेपाली हरु ब्यापार गर्न जान्दैनन् । भारतीय मुल्य भन्दा कम रकममा बेछे पो बिक्छ त । एकैपटक धेरै कमाउने भन्दा थोरै थोरै गरेर धेरै कमाउनु नि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर