छोराले खुर्पा प्रहार गर्दा बुवाको मृत्यु – Nepal Press

छोराले खुर्पा प्रहार गर्दा बुवाको मृत्यु

पोखरा । कास्कीमा छोराले आफ्नै खुर्पा प्रहारबाट बुवाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटाका ५२ वर्षीय रामु क्षेत्रीको आफ्नो छोरा २२ वर्षीय रविन क्षेत्रीको खुर्पा प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

खुर्पा प्रहारबाट घाइते रामुको उपचारको लागि चरक मेमोरीयल अस्पतालमा पठाएकोमा अस्पतालले मृत घोषणा गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

खुर्पा प्रहार गरी फरार भएका रबिनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्ला पाल्पा स्थित प्रभासबाट ग २० प ६०४७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

रविनलाइ कास्कीमा ल्याई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *