विश्वकपको सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड भिड्दै – Nepal Press

विश्वकपको सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड भिड्दै

नयाँ दिल्ली। घरेलु मैदानमा जारी एकदिवशीय विश्वकपको सेमिफाइनलमा भारतले बुधबार न्युजिल्यान्डको सामना गर्दै छ।

वांखेडेमा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने खेलमा भारतीय टोली बलियो आत्मविश्वासमा देखिएको छ।

लिग चरणमा भारतले सबै ९ खेल जितेको थियो। न्युजिल्यान्डको सेमिफाइनल यात्रा भने अन्तिम खेलपछि मात्र तय भएको थियो। न्युजिल्यान्डले ९ खेलमध्ये ५ वटामा जित हात पारेको थियो।

भारतका विराट कोहलीले जारी प्रतियोगितामा २ शतक र ५ अर्धशतकसहित ५ सय ९४ रन बनाएका छन्। उनी सर्वाधिक रन जोड्ने ब्याट्सम्यान हुन्। एक शतक र ३ अर्धशतकसहित ५ सय ३ रन जोडेर रोहित शर्मा चौथो स्थानमा छन्। न्युजिल्यान्डका रचिन रविन्द्र ३ शतक र २ अर्धशतकसहित तेस्रो स्थानमा छन्।

बलिङतर्फ भारतमा जसप्रित बुमराहले १७ विकेट लिएका छन्। उनी सर्वाधिक विकेट लिने बलरको सूचीमा पाचौँ स्थानमा छन्।

न्युजिल्यान्डका मिचेल सान्टनर पनि १६ विकेटसहित नवौँ स्थानमा छन्। न्युजिल्यान्डले अहिलेसम्म विश्वकप जित्न सकेको छैन। गत संस्करणमा फाइनलसम्म पुगेपनि इङ्ल्यान्डसँग पराजित भएको थियो। भारतले सन् २०११ मा अन्तिमपटक यो प्रतियोगिता जितेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर