मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण – Nepal Press

मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेका छन् ।

इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उनले दुई/दुई ब्ल्याङकेट वितरण गरेका हुन् ।

सोमबार आयोजित कार्यक्रममा उनले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जानकारी दिँदै चेपाङ जातीको भाषा र संस्कृति जोगाउन आवश्यक छ भने ।

‘चेपाङ समुदाय मागेर खाने समुदाय मात्र होइन’, उनले भने, ‘चेपाङ संस्कृति पर्यटन र आयआर्जनसंग जोडेर देशलाई संमृद्धि बनाउने समुदाय पनि हो ।’

सरकारले अल्पसंख्यक, सिमान्तकृत जनजातिको भाषा,संस्कृति संरक्षणका लागि विषेश प्राथमिकता दिने उनको भनाइ थियो ।

मन्त्री किरातीले चेपाङ संस्कृति जोगाउन अतुलनीय योगदान पु¥याएवापत भोटे बहादुर चेपाङ र बाबरी चेपाङलाई नगद पाँच÷पाँच हजार सहित सम्मान गरे। सो अवसरमा भोटेबहादुर चेपाङले ढ्याङग्रो बजाएर मन्त्री किरातीलाई आफ्नो संस्कृति देखाएका थिए ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले चेपाङको अवस्था र इच्छाकामनामा पर्यटन सम्भावनाका बारेमा जानकारी दिएका थिए ।

मन्त्री किरातीले इच्छाकामनाका चेपाङ समुदायलाई लक्षित गरेर पर्यटनका ‘प्याकेज’का कार्यक्रम ल्याउने जानकारी दिए । मन्त्री किरतीले चेपाङ समुदायसंग देउसीभैलो समेत खेखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *