रवि लामिछानेको टिप्पणी : कैयौं नेता भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गरिदिने त ? – Nepal Press

रवि लामिछानेको टिप्पणी : कैयौं नेता भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गरिदिने त ?

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमार्फत टिप्पणी गर्दै सामाजिक संजाललाई बन्द नगरेर नियमन गर्नुपर्नेमा जोड दिएका छन् ।

लामिछानले समस्या प्लेटफर्मको नभई सामग्रमिा रहेको, अराजकता माध्यमको नभएर अभिव्यक्तिमा रहेको बताए । उनले टिकटकका कैयौं उपयोगकर्ता र सामग्री खराब रहेको तर सबै उपयोगकर्ता र सामग्री खराब नभएको तर्क गर्दै प्राविधिक रुपमा खराबलाई नियन्त्रण गर्न सकिने बताए ।

उनले टिप्पणी गर्दै भनेका छन्, ‘टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ । के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त ? यो निर्णय गर्ने सत्ताधारी दल कै कयौं नेता भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त ?’

लामिछानले मुलधारले ढोका बन्द गरेका कैयौं प्रतिभा सामाजिक संजालबाट उदाएको, मुलधारले लुकाएका कयौं समाचार सामाजिक संजालले उजागर गरेको, सामाजिक संजालले फैलाएका कैयौ अफवाहलाई मुलधारले गलत प्रमाणीकरण गरेको बताए । तर, उनले सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीबाट भएको बिरोधको अर्थ नबुझिएको भन्दै के यो माओवादी केन्द्रको मात्रै निर्णय हो र भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘आजको युगमा सोसल मिडियाको विकल्प सुधारिएको सोसियल मिडिया हो । सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीको विरोधको अर्थ चाहिँ बुझिएन । के यो निर्णय माओवादी केन्द्रको मात्रै हो ?’


प्रतिक्रिया

One thought on “रवि लामिछानेको टिप्पणी : कैयौं नेता भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गरिदिने त ?

  1. एक्जना ‘सान्ती बराल’ सरकारको लागि कत्ती ‘भारी र महँगो’ परिछन : गज्जब पाठ सिकेछ प्रचन्ड सरकारले : खुल्ने सिलसिला सरकार र मन्त्री सम्मै पुग्ने भएछ कि के हो !?
    :: हुन त ‘क्रमभङता र क्रान्तिकारी’ चरित्र प्रचन्डको अर्को रुप हो, प्रचन्डपथको राम्रो ज्ञान उपभोग गरिछन् बरालले !!
    :: अब यसो गरम : निती, नैतीकता इमान्दारिता र जनसेवामा आधारित हुँदै देशको स्वाभिमान सिरमा बोकेर नाचिने ‘राजनैतिक नाच’ भित्र छिरेका ती सबै गुणमा स्खलित र बदनाम पसले पार्टिहरुलाई बन्देज गरम त: समाज साह्रै बिक्रित र अराजक अनि साच्चैको गन्धे ‘खाडी’ जस्तै भएको छ : र त्येसको सुरुवात गरम त : ‘आँफै’ बाट !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर