सुदूरपश्चिम सरकारले तीन क्रिकेट खेलाडीलाई १६ लाख दिने, कसले कति पाउँछन् ? – Nepal Press

सुदूरपश्चिम सरकारले तीन क्रिकेट खेलाडीलाई १६ लाख दिने, कसले कति पाउँछन् ?

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई १६ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दोस्रो किसान सहकारी लम्की जेसिज क्रिकेट कप २०८० को समापन समारोहमा यस्तो घोषणा गरेका हुन् ।

नेपाललाई टी–२० विश्व कपमा पुर्याउन सफल भएको भन्दै राष्ट्रिय क्रिकेट टोलीमा रहेका सुदूरपश्चिमका तीन जनालाई पुरस्कृत गर्ने मुख्यमन्त्री शाहले घोषणा गरे । उनले दीपेन्द्रसिंह ऐरी लाई ६ लाख विनोद भण्डारी र सन्दीप जोरालाई पाँच्पाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने बताए ।

सुदूरपश्चिम सरकारले यसअघि पनि आफ्ना खेलाडीलाई सम्मान गर्दै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर