वाम एकताको सम्भावनाबारे शंकर पोखरेलको टिप्पणी- असफल अभ्यास दोहोर्‍याउनु हुन्न – Nepal Press

वाम एकताको सम्भावनाबारे शंकर पोखरेलको टिप्पणी- असफल अभ्यास दोहोर्‍याउनु हुन्न

'नेपालमा धेरै होइन, बलिया राजनीतिक दल चाहिएको छ'

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी पूर्णरूपमा ‘मिसन ८४’ मा केन्द्रित भएको बताएका छन् । नेपाल प्रेसको विशेष प्रस्तुति नेपाल टकमा पोखरेलले वाम एकता तथा चुनावी तालमेलबारे अहिले केही नसोचेको बताए ।

‘अहिले नै चुनावी तालमेल, वामपन्थी एकता कुरा अहिले गरिरहेका छैनौं । विगतमा दुई पार्टीलाई एकता गर्‍यौं सम्भव भएन’, उनले भने, ‘नेताहरूको टाउको जोडेर एकता गर्ने, बलियो शक्ति बनाउने कुरा यसअघि सम्भव भएन । त्यही चिज दोहोर्‍याउनु उचित हुन्न । हरेक राजनीतिक दलभित्र इमान्दार देशभक्त प्रगतिशील विकास र समृद्धिको चाहना राख्नेलाई एमालेको वरपर गोलबन्द गर्ने कुरामा ध्यान केन्द्रित गरेका छौं ।’

राजनीतिक ध्रुवीकरणमा जोड दिँदै महासचिव पोखरेलले मुलुकमा धेरै नभई बलिया राजनीतिक दलको आवश्यकता औंल्याए ।

उनले भने, ‘मिसन ८४ मा हामी नीतिगत नेतृत्वको पक्षमा छौं । कुनै पनि गठबन्धनका पक्षमा छैनौं । कांग्रेसलाई पनि भन्न चाहन्छौं- साना दलहरू राजनीतिमा हाबी हुने अवस्थासम्म मुलुकले सुशासन र विकास, समृद्धि प्राप्त गर्न सक्दैन । विकास र समृद्धिको लागि नीतिगत नेतृत्वको आवश्यकता पर्छ । नेपालमा धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दल चाहिन्छ । राजनीतिक ध्रुवीकरण अपरिहार्य छ । त्यो दिशातर्फ जानुपर्छ ।’

महासचिव पोखरेलले गठबन्धनबाट बाहिर आए कांग्रेसलाई साथ दिन तयार भएको प्रष्ट्याए ।

‘गठबन्धनबाट बाहिर आएकै कारण हामीले प्रचण्डलाई पनि साथ दियौं उहाँ टिक्न सक्नुभएन । कोशीमा पनि दिएकै हो । तर, गठबन्धनलाई साथ दिएपछि हामी आफैँ बाहिर निस्क्यौं । यद्यपि मुख्यमन्त्रीको चाहना त्यसैलाई राष्ट्रिय स्वरूप दिएर जाउँ भन्ने थियो । राष्ट्रिय सहमति पनि हुन नसक्ने, गठबन्धनलाई पनि बोकेर एमाले हिँड्नुपर्ने त्यो कुरा प्रतिपक्षीय दृष्टिकोणबाट उचित हुँदैन । हामीले अस्वीकार गर्‍यौं ।

कांग्रेस यही गठबन्धनमा अघि बढिरहे मुलुक अझै संकटमा पर्ने उनको जिकिर छ ।

‘त्यसमा कांग्रेसले रियलाइज गर्नु जरुरी छ । कांग्रेसले महसुस नगर्दासम्म यही असफल गठबन्धन निरन्तर रहन्छ । हामीले तिमीहरूको गठबन्धन असफल भयो विकल्प खोज भनेर कुरा त हुन्छ । तर, हाम्रो जोडबल अहिले सरकारमा छैन । हामी ८४ मै एमालेलाई पहिलो पार्टी बनाउने अभियानमा केन्द्रित छौं ।’

महासचिव पोखरेलसँगको विस्तृत भिडिओ अन्तर्वार्ताको लागि प्रतीक्षा गर्नुहोस् ।


प्रतिक्रिया

2 thoughts on “वाम एकताको सम्भावनाबारे शंकर पोखरेलको टिप्पणी- असफल अभ्यास दोहोर्‍याउनु हुन्न

  1. कम्युनिष्टको नामधारी मात्र हुन् । भारतीय दलाल र देश लुटेराहरूसँग केको एकता ? यी टट्टूहरूलाई सिध्याउनुपर्छ ।

  2. दुई नेताको टाउको जोडेर गरिएको एकता असफल भयो।भयो ???
    देशलाई नीतिगत नेतृत्वको आवश्यकता छ। छ??
    प्रश्न: नेताका टाउकामात्र जोडेर किन गरियो एकता? अहिलेको नेतृत्व अरुलाई ताछेर आफ्नो व्यक्तित्व रङ्गाउने धूनमा छ कि वैचारिक ब्यवहारिक प्रष्टताको आलोकमा जनजनलाई आत्मनिर्भरतापूर्वक विश्लेषण सहित सही निर्णय गर्न तदारुक बनाउने कर्ममा?
    देशको लोकतान्त्रिक राजनीतिक संरचना र राज्य संचालन गर्ने राजनीतिक दलहरुको नेतातान्त्रिक संचालनमा बिरोधाभाष छ कि छैन?
    आधारभूत प्रश्नहरु छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर