एमाले उपाध्यक्ष शाक्य भन्छिन्- राजनीतिक कोर्स परिवर्तन आवश्यक छ – Nepal Press

एमाले उपाध्यक्ष शाक्य भन्छिन्- राजनीतिक कोर्स परिवर्तन आवश्यक छ

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संघीयता र गणतन्त्रको रक्षाको लागि सबै एकजुट हुनुपर्ने बताएकी छन् । देशको अवस्था झन् बिग्रिँदै गरहेको अवस्थामा एमालेले टुलुटुलु हेरेर बस्न नसक्ने बताइन् ।

उनले नेपाल प्रेससँग भनिन्, ‘हामीले त देशको स्थितिलाई नै ख्याल गरेर यसरी चल्दैन भनेर राजनीतिक कोर्स परिवर्तनको प्रयास गरेको थियौं । अहिले एमालेलाई अलग राखेर भागवण्डा र कुर्सीमा केन्द्रित छन् । सत्तामा पुगेकाहरुले स्वार्थ हेर्नेभन्दा अरु कुनै काम गरेका छैनन् ।’

गठबन्धन कायम भएसम्म देश बर्वादितर्फ जाने उनको बुझाइ छ ।

‘देशको अवस्था बिग्रिँदै जाँदा एमालेले टुलुटुलु हेरेर बस्दैन । सत्ता परिवर्तनको खेलमा नयाँ ढंगले जानुपर्छ भन्ने सोचेर कांग्रेससँग पनि कुरा गरेका हौं । कोशी सरकार गठनपछि हामीले केही प्रयास गरेका थियौं । सकेनौं । अहिले हाम्रो ध्यान त्यतातर्फ छैन’, उनले भनिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर