यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने – Nepal Press

यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

काठमाडौं । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ ।

गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर