गोरखा महाभूकम्पले क्षतिग्रस्त काठमाडौंका संरचना ८ वर्षसम्म छरपष्ट (तस्बिरहरू) – Nepal Press

गोरखा महाभूकम्पले क्षतिग्रस्त काठमाडौंका संरचना ८ वर्षसम्म छरपष्ट (तस्बिरहरू)

काठमाडौं । हालैमात्र पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ । २०७२ सालको भूकम्पलाई मानसपटलबाट पूर्ण रुपमा हटाइ नसक्दै पश्चिम नेपालको भूकम्पले त्रास थपिएको छ ।

२०७२ सालमा गएको भूकम्पबाट क्षति भएका संरचना, सांस्कृतिक र ऐतिहासिक धरोहर अझै पुनः निर्माण हुन सकेका छैनन् । सरकारले आवश्यक चासो र चिन्ता नदेखाउँदा यी संरचनाहरु भग्नावशेषका रुपमा मेटिँदै गएका छन् । टाढाको कुरै नगरौँ । काठमाडौंको वसन्तपुर क्षेत्रका कतिपय निजी भवन, सांस्कृतिक सम्पदाहरु पुनःनिर्माण शुरु समेत भएका छैनन् ।

२०७२ सालको महाभूकम्पको भग्नावशेषहरु संघीय राजधानी वरपर यत्रतत्र फेला पर्छन् । २०७२ सालको महाभूकम्पबाट भोगेको अनुभवलाई ८ वर्षसम्म व्यवहारमा नउतार्दा अहिले पश्चिम नेपालमा ठूलो क्षति भएको छ । अझै पनि विज्ञहरुले पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम रहेको चेतावनी दिइरहेका छन् ।

अब बेलैमा पुनःनिर्माण नगर्ने र पूर्वतयारीकासाथ नबस्ने हो भने भविष्यमा पुनः अहिलेको क्षति दोहोरिने निश्चितप्रायः छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालले तयार पारेको काठमाडौं वरपरका २०७२ को भूकम्पबाट क्षतिग्रस्त संरुचनाहरु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *