तिहारमा सरकारी कर्मचारीलाई लामो बिदा, ९ दिनमा शुक्रबार एक दिनमात्रै कार्यालय खुल्ने – Nepal Press

तिहारमा सरकारी कर्मचारीलाई लामो बिदा, ९ दिनमा शुक्रबार एक दिनमात्रै कार्यालय खुल्ने

काठमाडौं । यस वर्षको तिहारमा सरकारी कर्मचारीले लामो बिदा पाउने भएका छन् । भोलिको शनिबारदेखि अर्को शनिबारबीचमा एक दिनमात्रै बिदा छैन, त्यो पनि शुक्रबार ।

सरकारको आधिकारिक क्यालेण्डरअनुसार तिहारको बिदा लक्ष्मी पूजाको दिन कात्तिक २६ गतेदेखि सुरु हुन्छ । त्यसको अघिल्लो दिन शनिबार छ । शनिबार काग तिहार हो । काग तिहारमा सरकारी बिदा नभए पनि शनिबार परेकाले कर्मचारीलाई राहत मिलेको छ ।

कार्तिक २६ गते आइतबार लक्ष्मी पूजा, २७ गते सोमबार गाई तिहार, २८ गते गोवर्धन पूजा, २९ गते भाइ टीकाको बिदा छ । ३० गते बिहीबार ‘तिहार बिदा’ भनेर थप बिदा दिइएको छ । यो एक प्रकारले थकाइ बिदा हो ।

विगत वर्षहरुमा तिहारको भोलिपल्ट बिदा दिने गरिएको थिएन । तर, तिहार मनाउन टाढा पुगेका कर्मचारी भोलिपल्टै काममा फर्किन नसक्ने भन्दै सरकारले गत वर्षबाट थप एक दिन बिदा दिने प्रचलन सुरु गरेको हो ।

मंसिर १ गतेबाट कार्यालय खुल्नेछन् । तर, २ गते शनिबार र ३ गते आइतबार फेरि छठको बिदा परेको छ । त्यसैले कर्मचारीहरुलाई सोमबारमात्रै कार्यालय पुगे हुने अवस्था बनेको छ ।

यस वर्षको दसैँ बिदामा पनि यस्तै भएको थियो । कात्तिक ४ गते शनिबार फूलपाती थियो । दसैँमा बिदा सकिएलगत्तै शुक्रबार परेका कारण एक दिन कार्यालय खुलेर अर्को दिन शनिबारको सार्वजनिक बिदा परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर