मिलन लिम्बु र राज सिग्देलको ‘नशा’ मा केकी र आर्यनको रोमान्स (भिडिओ) – Nepal Press

मिलन लिम्बु र राज सिग्देलको ‘नशा’ मा केकी र आर्यनको रोमान्स (भिडिओ)

काठमाडौं । गायक राज सिग्देलले ‘नशा’ बोलको नयाँ गजल सार्वजनिक गरेका छन् । हालै युट्यूवमा रिलिज गरिएको यो गजलको म्युजिक भिडिओमा केकी अधिकारी र आर्यन सिग्देलको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ ।

बेलायतमा बस्दै आएका गीतकार मिलन लिम्बु ‘गोठालो जेठा’ ले लेखेका शब्दहरुमा राजले संगीत र स्वर दिएका हुन् । लिम्बुले कोरेका प्रेमिल शब्दहरुलाई राजको आवाजले बुलन्द तुल्याएको छ । गजलप्रेमीहरुका लागि यो एउटा मिठो खुराक हो ।

गीतको म्युजिक भिडियोमा पनि राजलाई देख्न सकिन्छ । राज गायककै भूमिकामा छन् भने केकी उनकी पत्नी बनेकी छन् । एउटा विवाह पार्टीमा आर्यन सिग्देलले केकीलाई नजर लगाउँछन् र उनीसँगको मिठा कल्पनामा डुब्छन् ।

भिडिओको निर्देशन अनुप चापागाईंले गरेका हुन् । गीतले जस्तै म्युजिक भिडिओले पनि दर्शकको ध्यान तान्न सक्छ । तीन दिनअघि रिलिज गरिएको गीतले ८५ हजारभन्दा बढी भ्यूज पाइसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर