मोरङमा करिब ८ लाख बराबरको पटका डिस्पोज (भिडिओ) – Nepal Press

मोरङमा करिब ८ लाख बराबरको पटका डिस्पोज (भिडिओ)

विराटनगर । मोरङमा विभिन्न नाकाबाट पक्राउ गरिएको करिब ८ लाख रुपैया बराबरको पटाकाहरु सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कंकालिनी गणले मोरङले डिस्पोज गरेको छ ।

शुक्रबार बुढीगंगा गाँउपालिकाका अध्यक्ष जीत नारायण थापामगर लगायत सशस्त्र प्रहरीहरुको उपस्थितिमा पटाकाहरु गणको परिसर भित्र खाल्डो खनेर पानी हालि डिस्पोज गरिएको हो । सरकारले पटाका विक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएपछि सशस्त्र प्रहरीहरुले विभिन्न ठाँउमा चेक जाँच गरेर पटाका पक्राउ गरेको हो ।

जोगबनीबाट भित्रिने पटाकाहरु राजधानी काठमाण्डौ लगायत पहाडी बजारहरु सम्म पुग्ने गरेकाले यसपटक प्रहरीहरुले राजमार्गहरुमा समेत चेकजाँच थालेको सशस्त्र प्रहरीले जानकारी दिएका छन । दशैं पछि र छठ सम्म करिब १० दिन हुने पटाका व्यापारबाट भारतिय सिमावर्र्ती जोगबनी बजारमा मात्र करिब १ करोड रुपैयाको कारोबार हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *