सर्वोच्चमा अनलाइनमार्फत मुद्दा दर्ताको लागि प्रयास भइरहेको छ : प्रधानन्यायाधीश श्रेष्ठ (भिडिओ) – Nepal Press

सर्वोच्चमा अनलाइनमार्फत मुद्दा दर्ताको लागि प्रयास भइरहेको छ : प्रधानन्यायाधीश श्रेष्ठ (भिडिओ)

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्चमा अनलाइनमार्फत मुद्दा दर्ताका लागि प्रयास भइरहेको बताएका छन् ।

शुक्रबार सर्वोच्च अदालत बार एशोसिएशनको भवन निर्माणका लागि जग्गा भोगाधिकारको पत्र हस्तान्तरण समारोहमा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्चमा कुनै न कुनै रुपमा मुद्दा दर्ता गर्नका लागि आफूले प्रयास गरिरहेको बताएका हुन् ।

उनले अनलाइनमार्फत मुद्दा दर्ता सुरु भए सरोकारवाला सबैलाई निकै सहज हुने जिकिर गरे । त्यस्तै, उनले जुम्ला, धनकुटा, महेन्द्रनगर र हेटौंडा इजलासमा भिडियो इजलासबाट बहस गर्ने व्यवस्थापनको तयारी भइरहेको पनि जानकारी दिए ।

अहिले आफ्नो ध्यान पुराना मुद्दा फर्छ्याैटमा केन्द्रित रहेको र २०६३ सालदेखिका मुद्दाको फर्छ्याैट गर्न सफल भएको उनले बताए । प्रधानन्यायाधीश श्रेष्ठले अदालतप्रतिको विश्वासका प्रयासहरु गर्ने क्रममा निरन्तर लागि परेको जिकिर गरे ।

उनले अदालतमा प्रवेशमा नियन्त्रण गर्न प्रवेशको पासको व्यवस्थाका लागि निर्देशन दिएपनि काठमाडौं जिल्ला अदालतमा प्रभावकारी हुन नसकेकाले निगरानी गरिरहेको बताए । काठमाडौं बाहिरका केही जिल्ला अदालतको व्यवस्थापन भने पछिल्लो समय निकै राम्रो हुँदै गएको उनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *