बौद्धिक अपाङ्गता भएकाको रोजगारी सम्भाव्यता प्रतिवेदन र मोबाइल एप सार्वजनिक – Nepal Press

बौद्धिक अपाङ्गता भएकाको रोजगारी सम्भाव्यता प्रतिवेदन र मोबाइल एप सार्वजनिक

काठमाडौं । बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजना तथा लेव इन्कुजन डेनमार्कको साझेदारीमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीको सम्भाव्यता तथा मोबाइल एप सार्वजनिकीकरण कार्यक्रम राजधानीमा एक समारोहबीच सम्पन्न भएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री सुरेन्द्र राज आचार्यको प्रमुख आतिथ्यता तथा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवम् दिगो विकास तथा सुशासन समितीका सभापति प्रकाश पन्थ, प्रतिनिधिसभा सदस्य एवम् शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितीका सदस्य दिपा शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव कल्पना मास्के श्रेष्ठ लगायतको विशेष आतिथ्यता रहेको थियो भने अपाङ्गता क्षेत्रमा क्रियाशिल संघ सस्थाका प्रतिनिधिहरु लगायत बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा बौद्धिक अपाङ्गता र समावेशी शिक्षाको भाग २ पुस्तक, सरल तथा सचित्र सम्पादन निर्देशिका २०८० र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको सीप विकासका लागि सहजीकरण निर्देशिकाको पनि विमोचन भएको थियो ।

कार्यक्रममलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री आचार्यले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका सवालमा आयोजक सस्था बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको खुलेर प्रशंसा गर्दै यसैगरी अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना एव संचार सेवा निर्देशिका २०६९, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ र नियमावली २०७७ समय सापेक्ष मन्त्रालयले परिमार्जनका लागि काम गरिरहेको छ । अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय नीतिलाई मन्त्रीपरिषदबाट पारित गर्न आफू लागिरको जिकिर गरे ।

त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य एवम् दिगो विकास तथा सुशासन समितिका सभापती प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिहरुको संकल्प प्रस्ताव पारित भई अगाडि बढिसकेको र यसको कार्यान्वयनका लागि कटिबद्द भएर लाग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिकै रुपमा रहेकी प्रतिनिधिसभा सदस्य एवम् शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिका सदस्य दिपा शर्माले सुखी नेपाली, समृद्ध नेपाल नारालाई सार्थक बनाउन बौद्धिक अपाङ्गता लगायत अन्य सबै अपाङ्गता भएका व्यक्तिहरुलाई पनि विकास निर्माणको प्रक्रियामा जोड्नुपर्ने आवश्यकता रहेको बताएकी थिइन् ।

कार्यक्रमको अध्यक्षता गरेका बौद्धिक अपाङ्गताका अभिभाव महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले बौद्धिक अपाङ्गता भएर घरभित्र सीमित अपाङ्गता भएका व्यक्तिहरुको लागि अझै थुप्रै कार्य गर्नुपर्ने आवश्यकता रहेको र बौद्धिक अपाङ्गता सम्बन्धी सामान्य जानकारी होस् भन्ने उद्देश्यले उक्त मोबाइल एक सन्चालनमा ल्याएको बताएका थिए ।

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई अपाङ्गता क्षेत्रका विज्ञ मनिष प्रसाइ र बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका कर्मचारी प्रगती खड्काले अध्ययन गरेकी हुन् भने पुनरावलोकन डा. विरेन्द्रराज पोखरेल र डा. शोभाकर अर्यालले गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर