सामाजिक सञ्जाल नियमनका लागि गोकुल बास्कोटाको प्रयास सम्झिदै झाँक्रीले भनिन्- विरोधीको रोइलो गलत थियो – Nepal Press

सामाजिक सञ्जाल नियमनका लागि गोकुल बास्कोटाको प्रयास सम्झिदै झाँक्रीले भनिन्- विरोधीको रोइलो गलत थियो

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले सरकारले ल्याएको सामाजिक सञ्जाल निर्देशिकालक्षित टिप्पणी गर्दै तत्कालीन संचारमन्त्री गोकुल बास्कोटाको स्मरण गरेकी छन् ।

झाँक्रीले तत्कालीन एमाले सरकारका मन्त्री बास्कोटाले त्यसबेला सामाजिक संजाललगायतका विकृति नियन्त्रणका लागि ४ वटा विधेयक ल्याउन खोज्दा संसदमा दर्ता नै नगर्न नदिनेहरुको कर्म गलत थियो भन्ने पुष्टि भएको बताएकी छन् ।

सामाजिक संजालबाटै आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले लोकतन्त्रका नाममा त्यसबेला गोकुल बास्कोटाविरुद्ध भएका रोइलो गलत थियो भन्ने पनि पुष्टि भएको बताएकी छन् ।

झाँक्रीले भनेकी छन्– तत्कालिन नेकपा एमालेको सरकारले खास गरी तत्कालिन संचारमन्त्री गोकुल बास्कोटाले त्यो बेला ल्याउन खोजेका चारवटा सोसल मिडिया, मिडिया काउन्सिल लगायतका विधेयकहरू संसदमा दर्ता नै गर्न नदिने, दर्ता भएका विधेयक माथि छलफल नै गर्न नदिने र लोकतन्त्रको नाममा जुन रोईलो भएको थियो नि, म आज संझदैछु। त्यो कर्म गलत थियो।आज समाजलाई जता लान खोजिदैछ नी यि सामाजिक संजाल मार्फत गम्भिर बनौ है।


प्रतिक्रिया

One thought on “सामाजिक सञ्जाल नियमनका लागि गोकुल बास्कोटाको प्रयास सम्झिदै झाँक्रीले भनिन्- विरोधीको रोइलो गलत थियो

  1. यो प्रस्ट थियो र प्रस्ट हुँदै छ : ओली र ओली सरकारलाई यी भारतीय खेताला हरुले लगाएका एक एक आरोप मिथ्या थिए, गलत थिए, वाइयात घिए : ती मात्र रोइलो थिए !!
    => यदी तिनले भनेको सही र ठीक थिए भने आज हरेक क्षेत्र सबल भएको हुन्थ्यो, सबै समस्या बाट मुक्त हुन्थ्यो देश, समाज र हरेक जन !!
    => तर त्येस्तो हैन ठीक उल्टो भएको छ अहिले :: किन भने तिनिहरु गलत थिए !! भरिया बुद्धिले थिचिएका थिए : मती भ्रस्ट भएका थिए !!
    => अली अली गुदि भएकाले चाँही बुझी सके, बुझ्दै छन यसरी !! खेतालाको पछी लाग्ने मात्र क्ष्यमता भएका त सधैं उस्तै !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर