विद्युत प्राधिकरणले ठूलो संख्यामा माग्यो कर्मचारी (सूचीसहित) – Nepal Press

विद्युत प्राधिकरणले ठूलो संख्यामा माग्यो कर्मचारी (सूचीसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा  विभिन्न पदका लागि कर्मचारी मागेको छ ।प्राधिकरणले  सहनिर्देशकदेखि प्राविधिकसम्म ३ सय बढी कर्मचारी मागेको हाे ।

प्राधिकरणले शुक्रबार सूचना प्रकाशन गर्दै खुल्ला प्रतिस्पर्धामार्फत दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान छ ।

प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धकदेखि ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले अनलाइनमार्फत प्राधिकरणको वेवसाइछमा रजिष्टर गरेर मंसिर १४ गतेसम्म आवेदन दिनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *