भूकम्पमा अभिभावक गुमाएका १० बालबालिकाको जिम्मा हरिवनको द्वन्द्व पीडित बालगृहले लिने – Nepal Press

भूकम्पमा अभिभावक गुमाएका १० बालबालिकाको जिम्मा हरिवनको द्वन्द्व पीडित बालगृहले लिने

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट अभिभावक गुमाएका १० जना बालबालिकाको पढाइ र पालनपोषणको जिम्मा सर्लाहीस्थित एक बाल गृहले लिने भएको छ ।

चेतना सन्देश नेपालबाट सञ्चालित द्वन्द्व पीडित बालगृहले १० जनासम्म बालबालिकाको जिम्मेवारी लिने संस्थाकी संस्थापक तथा अनेरास्ववियूकी अध्यक्ष आरती लामाले बताइन् । हाल उक्त बालगृहमा ३५ जना बालबालिका आश्रित छन् । भुकम्प प्रभावित बालबालिकाको अभिभावकत्व लिन आफूहरु तयार रहेको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले बताएका छन् ।

उक्त बालगृह देशकै उत्कृष्ट मानिन्छ । मधेश आन्दोलन र विभिन्न आन्दोलनमा अभिभावक गुमागएका बालबालिकाले सोही बालगृहबाट पढाइ गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर