मंसिर ११ देखि १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने रास्वपाको निर्णय – Nepal Press

मंसिर ११ देखि १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने रास्वपाको निर्णय

मंसिर २ देखि ४ सम्म चुनावपछिको घरदैलो कार्यक्रम गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी मंसिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने भएको छ । बिहीबार बसेको संसदीय र केन्द्रीय समितिको बैठकपछि प्रवक्ता डा. मुकुल ढकालले यसअघि कात्तिक २२ र २३ गतेका लागि राखिएको बैठक भुकम्पको कारणले रोकिएपछि मंसिरमा राखेको बताए ।

बैठकमा महाधिवेशनको प्रक्रिया, सभापतिको राजनीतिक प्रतिवेदन पेश हुने उनले बताए ।

यस्तै, मंसिर २ देखि ४ सम्म चुनावपछिको घरदैलो कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

उनले भने, ‘हामीलाई गत मंसिर ४ को निर्वाचनमा ठूलो विश्वास गरेर जनताले मत दिनुभएको छ । हामी अहिले पनि जनतासँगै छौं । भएपनि मंसिर २, ३ र ४ गते चुनावपछिको घरदैलो कार्यक्रम भनेर हामीले राखेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर