ब्याजरदरको समस्या नेपालमा मात्रै होइन सबैतिर उस्तै छ : एसियन बैकर्स अध्यक्ष एसेवेदो – Nepal Press

ब्याजरदरको समस्या नेपालमा मात्रै होइन सबैतिर उस्तै छ : एसियन बैकर्स अध्यक्ष एसेवेदो

काठमाडौं । एशियन बैकर्स संघका अध्यक्ष यूजीन एस एसेवेदोले नेपालमा मात्रै नभएर अन्य राष्ट्रहरुमा पनि ब्याजदरको समस्या उस्तै रहेको बताएका छन् ।

बिहीबार एशियन बैकर्स संघको ३९औं कन्फेरेन्समा सम्बोधन गर्दै अध्यक्ष एसेवेदोले नेपालमा मात्रै होइन अन्य राष्ट्रहरुमा पनि ब्याजदरको समस्या उस्ता उस्तै रहेको बताएका हुन् ।

अध्यक्ष एसेवेदोले भने, ‘ठूला–ठूला, राष्ट्रहरूमा पनि यस्तै ब्याजदर र खराब कर्जाको समस्या रहेको छ । एउटा बैकले ग्राहकलाई सहयोग गर्नुपर्छ । नेपालमा अहिले रहेको खराब कर्जा र ब्याजदार त्यति नराम्रो भने, छैन । धेरै व्यवसायीहरुलाई कोभिडले मारेको छ । आतिनुपर्ने छैन अन्य राष्ट्रहरू पनि यही अवस्थाबाट गुज्रिरहेका छन् । यो सामान्य हो ।’

‘हामी नेपालको हाइड्रोपावर क्षेत्रमा लगानीकालगि उत्सािहत छौं । बैंकिङ क्षेत्रले के गर्यो भन्दापनि निजी क्षेत्रहरुले कतिको सहयोग गरे भन्ने कुरा महत्वपूण रहेको हुन्छ । किनभने बैंकिङ क्षेत्रले सपोर्ट मात्रै गर्ने हो । कहाँ र कसरी कुन क्षेत्रमा लगानी गर्ने छुट्टै विषय हो । निजी क्षेत्रले कतिको प्रोत्साहन गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामीले बाहिर रहेका जनशक्तिलाई लगानीका लागि प्रोत्सहन गर्नुपर्छ । व्यवसाय गर्नका लागि सहयोग गर्नुपर्छ । बाहिरबाट आएको पैसालाइ होल्ड गर्न सक्नुपर्छ’, अध्यक्ष यूजीन एस एसेवेदोले भने ।

त्यस्तै, एसियन बैंकर्स संघका प्रतिनिधि बराचर फयले नेपालको फाईनान्सियल सेक्टरले नै बजरलाई चलायमान बनाइरहेको बताए । फयले भने, ‘नेपालमा नयाँ व्यवसायको अभ्यास राम्रो भइरहेको छ । बैकिङ क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रले पनि सहयोग गरेको छ । धेरै कुराहरू सुधार र थप गर्नुपर्ने रहेको देखिन्छ । निजी क्षेत्रका संघ संस्थाले पनि नीतिगत परिवर्तन गर्नपर्ने रहेको छ । बैकिङ क्षेत्रले राम्रो अभ्यास गरेको छ । नेपालमा अन्तराष्ट्रिय क्षेत्रको लगानी पनि कम रहेको छ । जहाँ पयर्टन क्षेत्र तथा सर्भिसिङ क्षेत्रले लगानी बढ्ने र विकासमा सहयोग गर्ने गर्छ । त्यसैले नेपालमा भरपुर सम्भावना रहेको छ ।’

त्यसैगरी, एसियन बैंकर्स संघकी प्रतिनिधि हेइदी तभाकोईले नेपाल विश्वकै धेरै स्रोत भएको राष्ट्र रहेको बताइन् ।

तभाकोइले भनिन्, ‘नेपालमा नयाँ युवा पुस्ताको लगानी धेरै रहको छ । जुन केही वर्षमै झ्न बढ्दै जानेछ । विगतमा गएका केहि प्राकम्पले ईन्फास्टक्चरमा पनि क्षेति गरेको छ । यवात कुराहरु हुदापनि नयाँ लगानिहरूको आकर्षण बढ्दै जाने देखिन्छ । जसका लागि नेपालले अन्य राष्ट्रहरूबाट पनि धेरै कुराहरु सिक्नुपर्ने छ । यसका साथै धेरै सुधारका कुराहरु पनि आवश्यक रहेको छ । जसका लागि सबै क्षेत्रले नेपालको अर्थतन्त्रमा सहयोग गर्न जरूरी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर