अछाममा भएको युवकको हत्यामा काठमाडौंबाट महिला पक्राउ – Nepal Press

अछाममा भएको युवकको हत्यामा काठमाडौंबाट महिला पक्राउ

काठमाडौं। अछाममा भएको युवक हत्याको घटनामा काठमाडौंबाट एक महिला पक्राउ परेकी छिन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३० वर्षीय लक्ष्मी सुनारलाई पक्राउ गरेको हो।

अछामको पन्चदेवल विनायक नगरपालिका-८ मा कात्तिक १७ गते १८ वर्षीय दिपेन्द्र बहादुर शाहीको हत्या भएको हो। पक्राउ परेकी लक्ष्मी मृतक दीपेन्द्रकी छिमेकी हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *