युट्युवर मनोज पक्राउपछि महेश बस्नेतको स्टाटस- उनी बार्गेनिङ गर्ने आपराधिक गिरोहका मुख्य योजनाकार हुन् – Nepal Press

युट्युवर मनोज पक्राउपछि महेश बस्नेतको स्टाटस- उनी बार्गेनिङ गर्ने आपराधिक गिरोहका मुख्य योजनाकार हुन्

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रहरीको साइबर ब्युरोले पक्राउ गरेका युट्युवर मनोज मानव आपराधिक गिरोहका मुख्य योजनाकार भएको बताएका छन् ।

मनोज पक्राउपछि बस्नेतले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मनोज बार्गेनिङ गर्ने गिरोहको मुख्य योजनाकार रहेको उल्लेख गरेका छन् । केही दिनअघि बस्नेतलाई जोडेर एउटा आपत्तिजनक भिडिओ सार्वजनिक भएको थियो । बस्नेतले अरुको फोटो भिडिओ एडिट गरेर चरित्र हत्या गर्नेलाई अधिकतम कारबाही हुनुपर्ने माग गरेका छन् ।

यता ब्युरोले भने कसका उजुरीका आधारमा मनोजलाई पक्राउ गरिएको भन्नेबारे केही उल्लेख गरेको छैन ।

विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा मनोजलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । मनोज स्टार अनलाइन टिभीका सञ्चालक हुन् । तारा बरालले केही दिनअघि मनोजलाई थुकेकी थिइन् ।

पूर्वएआईजी रणबहादुर चन्द र आफु बसिरहेको रेस्टुरेन्टमा प्रवेश गरेपछि मनोजलाई ताराले थप्पडसमेत हानेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर