एन्फा अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्न आज विशेष साधारणसभा – Nepal Press

एन्फा अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्न आज विशेष साधारणसभा

काठमाडौं। अध्यक्ष पंकज नेम्वाङलाई बर्खास्ती गर्ने एजेन्डासहित अखिल नेपाल फुटबल संघ-एन्फाले बिहीबारका लागि विशेष साधारणसभा बोलाएको छ ।

हेटौँडामा हुने साधारणसभाका दुई तिहाइ सदस्यले बर्खास्तीको पक्षमा मतदान गरेमा नेम्वाङ पदमुक्त हुनेछन् ।

गत भदौमा एन्फाका बहुमत सदस्यले बर्खास्तीको माग गर्दै निवेदन दिएका थिए । त्यसपछि नेम्वाङले विशेष साधारणसभा बोलाएका हुन् ।

एन्फको विशेष साधारणसभामा ८७ जनालाई मताधिकार रहने छ । नेम्वाङ एक वर्षअघि एन्फा अध्यक्ष निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *