बागमती प्रदेशका तीनजना ११ औँ तहमा बढुवा – Nepal Press

बागमती प्रदेशका तीनजना ११ औँ तहमा बढुवा

मकवानपुर । बागमती प्रदेश सरकारले तीन जना १० औँ तहका कर्मचारीलाई ११ औँ तहमा बढुवा गरेको छ । संघीय निजामती सेवा ऐन जारी नभएका बेला बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ मा टेकेर बढुवा गरेको हो ।

मन्त्रिपरिषद् बैठकले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौँडामा कार्यरत डा.गौरीमान श्रेष्ठ, पुष्प विकास केन्द्र गोदावरीमा कार्यरत सुधीर श्रेष्ठ र कृषि केन्द्र ललितपुरमा कार्यरत नारायणकुमार श्रेष्ठलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा भएका डा.गौरीमान श्रेष्ठलाई सम्बन्धित कार्यालयमा पदस्थापन गरिएको छ भने सुधीर श्रेष्ठलाई कृषि विकास निर्देशनालय हेटौँडामा र नारायण प्रसाद श्रेष्ठलाई कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र भण्डारण चितवनमा पदस्थापन गरिएको छ ।

बुधवार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत कृषि सेवाका तीन जना कर्मचारीलाई १० औँ तहबाट एघारौँ तह (सहसचिव) सरहको पदमा बढुवा गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश निजामती ऐनले एधारौं तहलाई सचिव सरह रहने व्यवस्था गरेको र मन्त्रिपरिषद् बैठकले कृषि तर्फ कार्यरत उनीहरूलाई एधारौं तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रदेश लोक सेवा आयोगले तीनै जनालाई १० औँ तहबाट ११ औँ तहमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर