जाजरकोट भूकम्पको असर १३ जिल्लामा- १५३ को मृत्यु, ३६४ घाइते, ६२ हजार घरमा क्षति – Nepal Press

जाजरकोट भूकम्पको असर १३ जिल्लामा- १५३ को मृत्यु, ३६४ घाइते, ६२ हजार घरमा क्षति

कैलाली । शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले पुराएको क्षतिको विवरण आउने क्रम जारी छ ।

गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका अनुसार अहिले सम्म भूकम्पमा परि १५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०१ र रुकुम पश्चिमका ५२ जना छन् । भूकम्पले १३ जिल्लामा प्रभाव पारेको छ ।

भूकम्पले जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व,सल्यान रोल्पा, नवलपरासी पूर्व,दैलेख दाङ, बैतडी, जुम्ला,कालिकोट प्युठान र अछाममा प्रभाव परेको हो । ती जिल्लाका ६२ हजार घरमा क्षति पुराएको छ । ती मध्ये जाजरकोट, रुकुम पश्चिममा मात्रै ६१ हजार बढि घरमा क्षति पुगेको छ ।

जाजरकोटमा २४ हजार ७०७ घरमा आंशिक क्षति भएको छ भने ९ हजार ७९४ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । यता रुकुम पश्चिममा भने ९ हजार ९६१ घरमा आंशिक क्षति हुँदा १६ हजार ५७० घर पूर्ण रुपमा क्षति भएका छन् ।

१३ जिल्लामा ३६४ जना घाइते हुँदा जाजरकोट, रुकुम पश्चिम बढि छन् । जाजरकोटमा १४५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा २०० जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

अहिले यी क्षेत्रमा राहत र उद्धारको लागि नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् । गृह मन्त्रालयको अनुसार ३३४ सशस्त्र प्रहरी, ७४० नेपाल प्रहरी र ९१५ जना नेपाली सेना भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर