मुख्यमन्त्री गोल्डकपको उपाधि त्रिभुवन आर्मीको पोल्टामा – Nepal Press

मुख्यमन्त्री गोल्डकपको उपाधि त्रिभुवन आर्मीको पोल्टामा

रुपन्देही । बाँकेको कोहलपुरमा भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ ।

प्रतियोगिताको फाइनलमा चर्च व्वाइजलाई २-० गोलले हराउँदै त्रिभुवन आर्मीले उपाधि हात पारेको हो । त्रिभुवन आर्मीले प्रथम पुरस्कार ८ लाख नगद हात पार्दा चर्च व्वाइजले ४ लाखमा चित्त बुझाएको छ ।

त्रिभुवन आर्मीका सरोज श्रेष्ठले खेलको ३२औं मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ७६औं मिनेटमा मानबहादुर आलेमगरले थप गोल गर्दै आर्मीलाई २-० गोलले जिताएका थिए ।

प्रतियोगितामा त्रिभुवन आर्मीका मानबहादुर आलेमगर म्यान अफ द म्याच घोषित भएका थिए । उनले नगद पाँच हजार रुपैयाँ पाए ।

आर्मीकै यधा शाही उत्कृष्ट डिफेन्डर, विशाल बस्नेत उत्कृष्ट मिड फिल्डर, आदर्शबहादुर मल्ल उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

उत्कृष्ट स्वच्छ टीम गोर्खा व्वाइज, रेसिङ सहारा क्लबका खेलाडी सन्देश न्यौपानेलाई जनही १० हजारसहित सम्मान गरिएको थियो ।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीमा आर्मीका टंक बस्नेतलाई नगद ५० हजार रुपैयाँ उपलब्ध गराइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर