ब्रेक फेल भएको टिप्परबाट हाम फाल्दा युवतीको मृत्यु, तीन घाइते – Nepal Press

ब्रेक फेल भएको टिप्परबाट हाम फाल्दा युवतीको मृत्यु, तीन घाइते

रुपन्देही । पाल्पामा टिप्परले किचेर एक युवतीको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका–७ मोटेखर्कस्थित ज्यामिरे–अरुणखोला भित्री सडक खण्डमा बुधबार बिहान भुटुकेबाट चुनढुङ्गा बोकेर नवलपुरमा रहेको होङ्सी सिमेन्टतर्फ आउँदै गरेको लु २ ख ५२९ नम्बरको टिप्परले किचेर युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा परी पूर्वखोला गाउँपालिका–२ जल्पा बस्ने १९ वर्षीया दिलकुमारी आलेको मृत्यु भएको हो । सोही टिप्परमा सवार उनी ब्रेक फेल भएपछि ज्यान बचाउन हाम फाल्नेक्रममा टायरले किचेर ज्यान गएको थियो ।

यसैगरी टिप्परमा सवार निस्दी गाउँपालिका–७ की २५ वर्षीया हिमाली आले ज्यान बचाउन हाम फाल्ने क्रममा दायाँ खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । चालक मनोहरी गाउँपालिका–९ का २६ वर्षीय अन्जन सुनार र सहचालक मकवानपुर हेटौंडा–९ का २४ वर्षीय आशिष सुनार सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *