चीनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधि मण्डल काठमाडौंमा – Nepal Press

चीनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधि मण्डल काठमाडौंमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली नेपाल आइपुगेको छ । पाँच दिने भ्रमण योजनासाथ साथ आएको टोली केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे ।

उक्त टोलीलाई राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरिन् ।

वाङको भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन् । उक्त भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न दलका नेताहरूसँग भेटघाट गर्नेछन् ।

चिनियाँ नेता वाङ शुक्रबार पोखरा गएर त्यहाँका मुख्यमन्त्रीसँग भेट्ने साथै चीन-नेपाल सांस्कृतिक आदान प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर