भूकम्पपीडितका लागि राहत लिएर पोखरा आइपुग्यो चिनियाँ सेनाको जहाज – Nepal Press

भूकम्पपीडितका लागि राहत लिएर पोखरा आइपुग्यो चिनियाँ सेनाको जहाज

पोखरा । भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्रीसहित चिनियाँ जहाज पोखरा आइपुगेका छन् । राहत सामग्री लिएर चिनियाँ सेनाका दुई कार्गो जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

चिनियाँ राजदूत छन सोङले ती सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । गृहमन्त्री श्रेष्ठ केही समयअघि पोखरा आइसकेका छन् । यहाँबाट नेपाल एयरलाइन्सको जहाजबाट ती सामग्री कर्णाली लैजाने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *