टी- २० महिला सिरिजका लागि खेलाडी छनोट – Nepal Press

टी- २० महिला सिरिजका लागि खेलाडी छनोट

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी -२० सिरिजका लागि आज २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ ।

यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, संयुक्त अरब इमिरेट्स ९युएई० र मलेसिया छन् ।

छनोट हुने नेपाली टोलीमा रुविना क्षेत्री, पूजा महतो, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, सङ्गीता राई, ज्योति पाण्डे र रोमा थापा छन् ।

त्यसैगरी, ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, कविता जोशी, अश्मिना कर्माचार्य, खुसी डङ्गोल, कृतिका मरासिनी, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ र मनिषा चौधरी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर