आजदेखि म्युचुअल फण्डको आईपीओ ६ महिनासम्म बिक्री गर्न नपाइने – Nepal Press

आजदेखि म्युचुअल फण्डको आईपीओ ६ महिनासम्म बिक्री गर्न नपाइने

काठमाडौं । आज(मंगलबार) देखि सामूहिक लगानी कोष(म्युचुअल फण्ड) ले आरक्षणको आईपीओ ६ महिनासम्म बेच्न नपाउने भएका छन् ।

सोमबार नेपाल धितोपत्र बोर्डले निर्देशन जारी गर्दै म्युचुअल फण्डलाई सेयर बाँडफाँड भएको ६ महिनासम्म आरक्षणको आईपीओ बेच्न प्रतिबन्ध लगाएको हो ।

बोर्डले आज कार्तिक २१ गतेबाट लागू हुनेगरी धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम सीडीएस एन्ड क्लियरिङ र सम्पूर्ण योजना व्यवस्थापकलाई निर्देशन दिएको छ ।

‘संगठित संस्थाको सार्वजनिक निष्काशन गरिने धितोपत्रको कम्तिमा पाँच प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्टयाउनु पर्ने सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम सामूहिक लगानी कोषले खरीद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरी बाँडफाँड भएको मितिले छ महिना पुरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैन ।’ निर्देशनमा उल्लेख गरिएको छ ।

‘यसरी खरीद गरेको धितोपत्र बाँडफाँड भएको मितिले छ महिना भित्र नै योजनाको निर्धारित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा उक्त अवधि भित्र सामूहिक लगानी कोषको स्वामित्वमा रहेको धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न बाधा पुग्ने छैन ।’ निर्देशनमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर