जाजरकोट र रुकुम पश्चिममा एमाले समाजिक सेवा केन्द्रले एक करोडको राहत सामग्री पठाउने – Nepal Press

जाजरकोट र रुकुम पश्चिममा एमाले समाजिक सेवा केन्द्रले एक करोडको राहत सामग्री पठाउने

काठमाडौं । नेकपा एमालेले जाजरकोटको भूकम्प परी घरबारविहीन भएकालाई राहत सामग्री वितरणको तयारी गरेको छ । पार्टीको समाजिक सेवा केन्द्रले भूकम्पपीडितका लागि राहत सामग्री जाजरकोट र पश्चिम रुकुम पठाउने तयारी गरेको हो ।

केन्द्रका प्रमुख एवं एमाले केन्द्रीय सदस्य मोतीलाल दुगडका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा विपत्तिमा परेकालाई सहयोग गर्न केन्द्र अग्रसर भएको हो । केन्द्रले भूकम्पपीडितका लागि चामल, दाल, चाउचाउ, बिस्कुट, नुनजस्ता खाद्य सामग्री उपलब्ध गराउने छ । यसैगरी कम्बल र टेन्ट पनि तिवरण गर्न लागिएको छ ।

दुगडका अनुसार राहतका लागि पठाइने सामग्रीमध्ये केही काठमाडौंमा खरिद गरिएको छ भने केही सामग्री नेपालगञ्ज, दाङलगायतका ठाउँमा किनिएको छ ।

पहिलो चरणमा दुई दिनभित्र र दोस्रो चरणमा थप राहत सामग्री उपलब्ध गराइने दुगडले बताए । दुई चरणमा १ करोड रूपैँया बराबरको राहत सामग्री वितरण तयारी एमालेले गरेको छ ।

भूकम्पको भोलिपल्टैदेखि पार्टीका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिपीडितको उद्धार र राहतमा खटिरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर