भूकम्पमा २४६ जना घाइते डिस्चार्ज, ९४ जना उपचाररत – Nepal Press

भूकम्पमा २४६ जना घाइते डिस्चार्ज, ९४ जना उपचाररत

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परेर घाइते भएकामध्ये २४६ जना उपचारपछि घर फर्किएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार जम्मा घाइते भएका ३४० जनामध्ये २४६ जना उपचारपछि घर फर्किएका छन् ।

घाइतेमध्ये ९४ जना विभिन्न अस्पतालमा उपचाररत रहेका उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार भूकम्पमा परेर जाजरकोटमा घाइते भएका १३२ जनामध्ये ७९ जना उपचारपछि घर फर्किएको र बाँकी ५३ जनाको विभिन्न अस्पतामा उपचार भइरहेको छ ।

जसमा भेरी अस्पतला नेपालगञ्जमा २९ जना (६ जना गम्भीर), कोहलपुर मेडिकल कलेल नेपालगञ्जमा दुईजना, प्रदेश अस्पताल सुर्खेतमा १२ जना र जाजरकोट जिल्लामा १० जना उपचाररत रहेका छन् ।

प्रेस सल्लाहकार गिरीका अनुसार भूकम्पमा परेर रुकुम पश्चिममा घाइते भएका १८९ जनामध्ये १५० जना उपचारपछि घर फर्किउको र बाँकी ३९ जनाको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जसमा भेरी अस्पताल नेपालगञ्जमा १३ जना, प्रदेश अस्पताल सुर्खेतमा १५ जना (एक जना गम्भीर) त्रिवि शिक्षण अस्पताल काठमाडौंमा आठ जना (एक जना गम्भीर र रुकुम पश्चिममा तीनजना उपचाररत रहेका छन् ।

यस्तै, दैलेखमा घाइते भएका तीन जनामध्ये दुई घर उपचारपछि घर फर्किएका छन् भने एकजनाको ट्रमा सेन्टर गजुरा सुर्खेतमा उपचार भइरहेको छ ।

बाँकी जुम्लामा ६, बैतडीमा तीन, सल्यानमा दुई, कालिकोट र रोल्पामा घाइते भएका एक-एक जना पनि उपचारपछि घर फर्किएका छन् । प्यूठानमा दुईजना घाइते भएकोमा एक जना उपचारपछि घर फर्किएका छन् भने एक जनाको उपचार भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *