कांग्रेस लुम्बिनीको सम्मेलन मिति तय – Nepal Press

कांग्रेस लुम्बिनीको सम्मेलन मिति तय

रूपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन मंसिर १६ र १७ गते बुटवलमा हुने भएको छ ।

कांग्रेस प्रदेश कार्यसम्पादन समितिको बैठकले लुम्बिनी प्रदेशको प्रथम सम्मेलन गर्ने निर्णय गरेको हो । प्रदेशभित्रका १२ जिल्लाको सम्मेलन मंसिर १० गतेभित्र अनिवार्य गर्नुपर्नेछ ।

बुटवलमा प्रदेश सम्मेलनलाई गर्न कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनको संयोजकत्वमा प्रदेश पदाधिकारी, सदस्य, जिल्ला र क्षेत्रीय सभापति एवं भ्रातृ तथा शुभेच्छुक प्रदेश र सल्लाहकार गरी २ सय ५ सदस्यीय प्रदेश सम्मेलन मूल आयोजक समिति गठन गर्ने निर्णय भएको सहमहामन्त्री नीमा गिरीले बताइन् ।

जसमा उपसभापति भुवनप्रसाद श्रेष्ठको संयोजकत्वमा राजनीतिक प्रतिवेदन लेखन समिति, महामन्त्री विक्रम खनालको संयोजकत्वमा सांगठानिक प्रतिवेदन लेखन समिति, कोषाध्यक्ष प्रकाश रानाको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन समिति गठन गर्ने निर्णय गरेको छ ।

सम्मेलनले लुम्बिनी प्रदेशको आर्थिक नीति निर्धारण तथा सम्भाव्यता अध्ययन गर्नका लागि पोलिसी हृयाकाथन कार्यक्रम सहमहामन्त्री निमा गिरीको संयोजकत्वमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई सहयोग गर्न ‘भूकम्पपीडित राहत पुनःस्थापना कोष-२०८०’ स्थापना गरी आर्थिक संकलन गर्ने निर्णय गरेको सहमहामन्त्री विष्णुप्रसाद खनालले बताए । कोषमा रकम जम्मा गरेर उपलब्ध गराइने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर