एनआईसी एशिया बैंकद्वारा भूकम्प प्रभावितलाई ५१ लाख सहयोग हस्तान्तरण – Nepal Press

एनआईसी एशिया बैंकद्वारा भूकम्प प्रभावितलाई ५१ लाख सहयोग हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले भूकम्पबाट प्रभावितहरुको उद्धार तथा राहत वितरण गर्ने प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले भूकम्पबाट प्रभावितहरुको लागि ५१ लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन् ।

कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो । विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनुहुने सम्पूर्णमा यस बैंक परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर