१६औं पञ्चवर्षीय योजनाको तयारीसहित देश दौडाहामा योजना आयोग – Nepal Press

१६औं पञ्चवर्षीय योजनाको तयारीसहित देश दौडाहामा योजना आयोग

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं योजनाको तयारीस्वरूप लागि प्रदेशगत रूपमा छुट्टाछुट्टै टोली परिचालन गरेर छलफल थालेको छ ।

आयोगले सोमबार मधेश प्रदेशसहितका ठाउँमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मुख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधि सहभागी छन् ।

आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने भूकम्पका कारण तत्काललाई स्थगित गरिएको छ । बाँकी सबै प्रदेशमा आयोगको टोली खटाइएको छ ।

आयोगका अनुसार कात्तिक सोमबार र मंगलबार बागमती प्रदेशको हेटौडा, मधेश प्रदेशको जनकपुर र सुदुरपश्चिम प्रदेशको धनगढीमा छलफल कार्यक्रम राखिएको छ । यसका लागि आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, डा. जयकान्त राउत, डा. रामकुमार फुयाँल र डा. अनिता शाह ढुंगाना नेतृत्वको टोली परिचालित छन् ।

कात्तिक २३ र २४ गते कोशी प्रदेशको विराटनगर र लुम्बिनी प्रदेशको बुटवलमा छलफल कार्यक्रम राखिएको प्रवक्ता भुसालले जानकारी दिए । यी दुई प्रदेशका लागि आयोग सदस्य डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको छ ।

प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रको सुझाव संकलन गरेर १६औं पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर