मनकारी मीनबहादुर- प्रचण्डले थुने, उनैमार्फत कर्णालीका भूकम्प पीडितलाई पठाए एक करोड ११ लाख रुपैयाँ – Nepal Press

मनकारी मीनबहादुर- प्रचण्डले थुने, उनैमार्फत कर्णालीका भूकम्प पीडितलाई पठाए एक करोड ११ लाख रुपैयाँ

कैलाली । भाटभटेनीका प्रबन्ध निर्देशक एवं सञ्चालक मीनबहादुर गुरुङले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि घोषणा गरेको १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् ।

सञ्चालक गुरुङले भाटभटेनीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन् ।

गुरुङले पत्नी सावित्री गुरुङ सहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

उनले भाटभटेनीका तर्फबाट भूकम्प पीडितलाई खाद्य सामग्री पनि प्रदान गर्ने निर्णय भएको समेत प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

शुक्रवार राति ११:४७ बजे जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा हालसम्म १५७ जनाको मृत्यु भइसकेको छ भने १७० जना घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर