विपिन जोशीको सकुशल उद्धारको माग गर्दै महेन्द्रनगरमा र्‍याली – Nepal Press

विपिन जोशीको सकुशल उद्धारको माग गर्दै महेन्द्रनगरमा र्‍याली

कैलाली । असोज २० गते इजरायलमा भएको आक्रमण बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै महेन्द्रनगरमा र्‍याली निकालिएको छ ।

जोशी अहिले प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको बताइन्छ । उनको सकुशल उद्धारको लागि सरकारलाई ध्यानाकर्षण गराउन आइतबार बिहान विपिनका परिवारसँगै विद्यार्थी र अधिकारकर्मीले दबाब मूलक ¥याली निकालेका हुन् ।

नेपाल सरकार, संयुक्त राष्ट्र संघ र मानव अधिकारवादी संघ संस्थाहरूले तत्काल जोशीको रिहाइका लागि पहल गर्नुपर्ने विपिन जोशीका बुवा महानन्द जोशीले अपिल गरे । विपिनका परिवार, विद्यार्थी र अधिकारकर्मीको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ गोपाल कुमार अधिकारीले विपिनको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताए ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत जोशी अन्य विद्यार्थीसँगै ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत भदौमा इजरायल गएका हुन् । २० असोजमा भएको युद्धमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सोही दिनबाट सम्पर्क विहीन भएका जोशी अहिले सम्म पनि सम्पर्कमा छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *