बर्थ डे ब्वाई कोहलीले बराबरी गर्लान् सचिनको सर्वाधिक शतकको कीर्तिमान ? – Nepal Press

बर्थ डे ब्वाई कोहलीले बराबरी गर्लान् सचिनको सर्वाधिक शतकको कीर्तिमान ?

काठमाडौं । भारतका विराट कोहलीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतकको विश्व कीर्तिमान बराबरी नजिक देखिएका छन् ।

जारी एकदिवशीय विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध भइरहेको खेलमा कोहली रनमा खेल्दैछन् । कोहलीले यो खेलमा सतक बनाए सचिन तेन्दुलकरको सर्वाधिक सतकको कीर्तिमान बराबरी हुने छ । सचिनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ सतक बनाएका थिए ।

कोहलीको नाममा ४८ सतक छ । दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गरिरहेको भारतले ३७ ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन जोडेको छ । जारी प्रतियोगितामा भारतले खेलेका सबै ७ खेल जितेको छ । कोहलीको आज जन्मदिन पनि हो । उनी ३५ औँ जन्मदिन मनाउँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर