इजरालयमा मारिएका दुईजनाको शव डोटी पुग्यो (तस्बिरहरु) – Nepal Press

इजरालयमा मारिएका दुईजनाको शव डोटी पुग्यो (तस्बिरहरु)

डोटी । प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी मुत्यु भएका दुई युवाहरुको शव डोटी आइपुगेको छ । नेपाली सेनाको स्काई एम्वुलेन्स एनए ०६४ मार्फत आइतबार दिउँसो करिब ३ बजे डोटी शिखर नगरपालिका-६ चुँडीका राजन फुलारा र आदर्श गाउँपालिका-५, पीडका पदम थापाको शव डोटीको दिपायल विमानस्थलबाट आफन्तले शव बुझेका छन् ।

शव बुझ्नका लागि आफन्तहरुसंगै शिखर नगरपालिकाका नगर प्रमुख दीर्घबहादुर बलायर र आदर्श गाउँपालिकाका अध्यक्ष गणेशवहादुर खड्का विमानस्थल पुगेका थिए ।

मृतकहरुका शवलाई प्रहरी निरीक्षकको टोलीले स्कटिङ्ग गरी घरसम्म पुर्याउन लगिएको छ । दुवै शवको सोमवार मात्रै दाह संस्कार गरिने आफन्तहरुले जानकारी दिएका छन् । थापाको आदर्श गाउँपालिका ५ तलारास्थित सेती नदीमा र फुलाराको शिखर नगरपालिका ६ अडेउलस्थित सेती नदीमा दाह संस्कार हुने जनाइको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको टीकापुर कृषि क्याम्पसमा स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत थापा र फुलारा सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत भदौ २६ गते इजरायल पुगेका थिए । उनीहरुको असोज २० गते आक्रमणमा परी मृत्यु भएको भएको थियो । उनीहरुको शव झण्डै एक महिनापछि नेपाल आइपुगेको हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *