दुई सातापछि सर्‍यो कांग्रेस महासमिति बैठक (भिडिओ) – Nepal Press

दुई सातापछि सर्‍यो कांग्रेस महासमिति बैठक (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकको मिति दुई साता पछि सार्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास धुम्वाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले मंसिर १३ देखि १५ गतेसम्म निर्धारित महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । तत्कालै हलको अभाव र भूकम्पका कारण तिहारअगाडिका सबै कार्यक्रम रोकिएपछि महासमिति बैठकको तयारीका थुप्रै काम प्रभावित भएकाले बैठक सारिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भएको क्षतिलाई गम्भीर र दुःखद घटनाका रूपमा लिँदै प्रभावितलाई तत्काल उद्धार, राहत र पुनसर््थापनाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उनले बताए ।

उनका अनुसार राहत वितरणमा अनियमितता र पक्षपात हुन नदिन महामन्त्रीद्वयको संयोजकत्वमा अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने निर्णय गरेको छ । समितिले स्थलगत अनुगमनदेखि सबै सामग्री परिचालन, राज्य संयन्त्र परिचालन, पार्टी परिचालनको बीचमा भएका सबैको अनुगमन र सहजीकरण गर्नेछ ।

बैठकले पार्टीको विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्नका लागि अपील गर्न निर्णय गरेको छ । अपिल गरेसँगै कांग्रेस नेता जिपछिरिङ लामाले ११ लाख र दिव्यमणिराज भण्डारीले ५ लाख दिने निर्णय गरेको विश्वकर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर