एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाख तत्काल सहयोग – Nepal Press

एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाख तत्काल सहयोग

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग स्वरुप कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

शुक्रबार रातीको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रहरुमा कम्प्नीले कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ प्रदान गरेको छ । भने, ४० लाख ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराएको छ ।

ग्राहकलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम ९पश्चिम० र रुकुम ९पुर्व०मा रहेका ग्राहकहरुलाई ४० लाख ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराएको छ । जसमा १५ दिनसम्म ग्राहकहरुले देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने, डेटा र एसएमएस गर्न सकिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर