रमणको ‘घर त लगनखेल’ को रिमेक भर्सनमा सरोज र आश्मा – Nepal Press

रमणको ‘घर त लगनखेल’ को रिमेक भर्सनमा सरोज र आश्मा

काठमाडौं । गायक रमण रेग्मीको ‘घर त लगन खेल’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक गरिएको छ । मधु क्षेत्री र सुन्दर श्रेष्ठको स्वरमा यसअघि रेकर्ड भएको गीतलाई नयाँ पुस्तालाई लक्षित गर्दै गीतको मर्मलाई जीवन्त बनाउन रिमेक गरिएको रेग्मीले बताए ।

हालै गायक रमणको स्वरमा सार्वजनिक गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । शान्त भगत राउतका शब्द रहेको गीतमा मिक्सिङ तथा मास्टरिङ कुमार केसीले गरेका हुन् । भिडिओमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय देख्न सकिन्छ । लोक शैलीमा आधारित छमछम नचाउने गीतमा दुईजना गज्जब खुलेका छन् ।

भिडिओको निर्देशन अनुभवी निर्देशक सुव्रतराज आचार्यले गरेका हुन् । भिडिओको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विजेश पौडेलले गरेका हुन् । कोरियोग्राफी सन्तोषराजवाहक रहेको गीतको भिडिओको निर्माता सविना कुँवर रेग्मी हुन् ।

नेपाली स्वामित्वमा स्थापित अष्ट्रेलियन सिटी इन्टरनेशनल कलेज र होम केयरिगं लिभरपुलको प्रायोजन रहेको भिडियो गायक स्वयमकै अफिसियल च्यानल रमन रेग्मी युट्युब च्यानबाट रिलिज गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर