गुल्शन झाको हमला समाप्त, विलाल खानले लिए विकेट – Nepal Press

गुल्शन झाको हमला समाप्त, विलाल खानले लिए विकेट

काठमाडौं । टी-२० विश्वकप छनोटका फाइनलमा विष्फोटक अर्धशतक बनाउँदै गुल्शन झा आउट भएका छन् ।

ओमानका फास्ट बलर विलाल खानले उनको महत्वपूर्ण विकेट लिए ।

संकटको अवस्थामा रहेको नेपाललाई खेलमा फर्काउँदै गुल्शनले उत्कृष्ट इनिङ खेलेका थिए । उनले आउट हुनुअघि २५ बलमा ५४ रन बनाए, जसमा ४ छक्का र ५ चौका समावेश थिए ।

गुल्शनले २० बलमा अर्धसतक पूरा गरेका थिए । १७ औं ओभरको अन्तिम बलमा बिलाल खानलाई कडा सट प्रहार गर्न खोज्दा उनी फाइनल लेगमा क्याच भए ।

अहिले क्रिजमा कप्तान रोहित पौडेल डटिरहेका छन् । उनलाई साथ दिन विवेक यादव आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर