गुल्शन झाको गेम चेञ्जिङ पारी- २० बलमा हाने अर्धशतक – Nepal Press

गुल्शन झाको गेम चेञ्जिङ पारी- २० बलमा हाने अर्धशतक

काठमाडौं । टी–२० विश्वकप छनोटका फाइनलमा नेपालका गुल्शन झाले अविस्मरणीय पारी खेलेका छन् ।

संकटको अवस्थामा रहेको नेपाललाई खेलमा फर्काउँदै उनले विष्फोटक अर्धशतक बनाए ।

गुल्शनले २० बलमा ४ छक्का र ५ छक्कासहित अर्धशतक पूरा गरेका हुन् । अर्को इन्डबाट कप्तान रोहित पौडेलले उनलाई साथ दिएका छन् ।

९.६ ओभरमा नेपालले ६० रन बनाउँदा चौथो विकेट गुमेपछि गुल्शन छैटौँ नम्बरमा क्रिजमा आएका थिए ।

सुरुको केही बल सम्हालिएर खेलेका उनले त्यसपछि आक्रामक रवैया देखाए ।

१३ औँ ओभरबाट ओमानमाथि गुल्शनको हमला सुरु भएको थियो । सो ओभरमा २१ रन बटुलेपछि नेपालले पछाडि फर्केर हेरेको छैन ।

गुल्शनलाई आउट गर्ने मौका ओमानले पाएको थियो । १५.२ ओभरमा गुल्शनको क्याच लिए पनि अम्पायरले त्यसलाई नो बल दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर